आगोले जलेर ८० वर्षीया वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ ५, बिहीबार १८:१५
file photo

विराटनगर । विराटनगरमा बिहीबार बिहान जाडो छल्न आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० लालिगुराँस चोकमा आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो ।

छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको जनाइएको छ ।