समाचार

आज पृथ्वीजयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते पृथ्बी जयन्ती मनाउने गरिएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म...

फेसबुकमा जागिरको विज्ञापन गरेर १८ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘विदेशमा राम्रो रोजगारको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–३ घर भएर काठमाडौंको नागार्जुन बस्ने मनम घर्ति रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीका अनुसार, २३ वर्षीय...

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने

काठमडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा माघ ५ गते बिहीबार सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् । उनले संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई माघ ३ गते निर्वाचनको सूचना प्रकाशन गर्न...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रतिनिधिसभाका २७० सदस्य उपस्थित थिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य...

प्रचण्डले विश्वासको मत लिंदै, मत विभाजनका आधारमा मतदान हुने

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका छन् । मत विभाजनका लागि संसदमा पक्ष र विपक्षमा...

आगोलागीमा परेर तीन जनाको ज्यान गयो

काठमाडौं । देशका विभिन्न स्थानमा भएको आगोलागीमा परी तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, बर्दिया, अर्घाखाँची र बागलुङमा भएको आगोलागीमा परेर तीन जनाको ज्यान गएको हो । मंगलबार बिहान बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो...

कांग्रेसद्वारा प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् । संसदीय दलले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने...

अवैध रूपमा संचालित ७३७ क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा संचालित ७३७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार व्यवसायिक प्रयोजन राखेर संचालित ७३७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलका अनुसार,...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । केही दिनदेखि हरियाली छाएको नेप्से सूचक आज २१.३५ अंकले घटेर २१९० विन्दुमा पुगेर रोकिएको छ । नेप्से घटेपनि आज अघिल्लो दिन शेयरबजारमा उछाल आएकाले लगानीकर्ताहरुले नाफा बुक गर्दा ७ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ । यसअघि...

सगरमाथा जलविद्युत कम्पनीले माघ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी माघ १५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ...