आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
२०७९ माघ ५, बिहीबार ०८:४०
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले पहाडी भू–भागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ भने राति सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।
