समाचार
बागमती प्रदेश : थपलिया र थापा मन्त्री बन्दै
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेबाट एक/एक जना मन्त्री बन्ने भएका छन् । राप्रपाबाट उद्धप थापा र एमालेबाट जगन्नाथ थपलिया आज मन्त्री बन्ने भएका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा उनीहरुलाई पठाउने निर्णय भएको हो । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल...
मकवानपुरमा एक कच्ची गोठमा आगोलागी हुँदा ५ लाखको क्षति
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ६ डोच्चामा सोमबार अपराह्न एक गोठमा आगोलागी भएको छ । सोमबार अपराह्न ३ बजेको समयमा स्थानीय सरस्वती बलामीको ढुंगा र माटोको गारोमा टिनको छानो भएको कच्चि गोठकमा अचानक आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आगोलागीबाट गोठ पुर्ण रुपमा जलि...
आज नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने की नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।...
कांग्रेसको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने की नदिनेबारे निर्णय लिने
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् । पदाधिकारीसँग...
आजको मौसम : हिमाली क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू९भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु लागेको छ। यस्तै, आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा...
३ किलो चरेशसहित १ जना पक्राउ
पोखरा । पोखराको पृथ्वीचोकबाट ३ किलो चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन शाही रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज विश्वासको मत लिने भएका छन् । प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही...
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले आज शपथ ग्रहण गर्दै
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका हुन् । बागमती प्रदेश प्रमुख शर्माले सोमबार नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन...
कांग्रेसले माघ पहिलो साताभित्र विभाग र भ्रातृ संस्था गठन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ पहिलो साताभित्र विभाग र भातृ संस्था गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकपछि सांगठनिक गतिविधि अगाडि बढाउने भएको हो । पार्टीका २८ केन्द्रीय विभाग गठन र भ्रातृ संस्था विस्तारको कामलाई अगाडि बढाउने कांग्रेसको तयारी छ । पाँच दलीय गठबन्धन भत्किएपछि प्रतिपक्षी...
प्रचण्डलाई जसपाले पनि विश्वासको मत दिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईजनता समाजवादी पार्टी (जसपा) ले पनि विश्वासको मत दिने भएको छ । सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको समाचार आफुले पाएको जानकारी दिएका हुन् । उनले जसपासहित अन्य दलले समेत...









