मन्त्रिपरिषद विस्तार, मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ (नामावलीसहित)

तु खबर संवाददाता
२०७९ माघ ३,मंगलवार १६:५१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधार ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा मंगलबार नयुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी हुन् ।

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

यस्तै, माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।

हेर्नुहोस् सूची ।