समाचार
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत
काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । सोमबार बसेको आयोगको बैठकले उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यक्रम अनुसार, आगामी माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दावी विरोध लगायतका प्रकृया पूरा गरी १०...
लेनदेन बिगो मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार अभियुक्तलाई त्रिपुरश्वरेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको नरान उपमहानगरपालिका–१७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–८ लामाटार बस्ने ४४ वर्षीय सञ्जीव भट्टराई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो । उनीलाई लेनदेन...
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
काठमाडौं । सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्ता...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८६० पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८६० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सोमबार थप तीन जनामा संक्रमण पुष्टि भएसँगै डेंगु संक्रमितको कुल संख्या ५ हजार ८६० जना पुगेको हो । उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा ३ हजार...
नेप्सेद्वारा सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का गरेको हो । सेन्चुरी बैंक लिमिटेडको पुस २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हुँदा नेप्सेले सोही...
सोमबार ४६ अंकले बढ्यो शेयरबजार, १ करोड ४६ लाखमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको दोसो दिन अर्थात सोमबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्स परिसूचक ४६.७६ अंकले बढेर २२११ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार...
जसपाले तोक्यो संगठनको अभिलेख संकलन गर्न जिम्मेवारी, बागमतीमा बज्राचार्य
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख संकलन गर्न जिम्मेवारी तोकेको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र...
इन्द्रसरोवर–४ मा न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर संचालन
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ४ मा सोमबार न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर संचालन गरिएको हो । गाउँपालिकाले “सबैको ध्यान, ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ ६८...
कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ १ मा हुने
सुर्खेत । कर्णाली प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् । उनले प्रदेशसभा ०७९ को नियमावली ७ बमोजिम निर्वाचन तोकेका हुन् । सोमबार प्रदेश सभाको दोस्रो...
गण्डकीको मुख्यमन्त्रीमा अधिकारी नियुक्त, शपथ आजै
कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङले सोमबार संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीालई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख गुरुङले पुस २१...










