बागमतीकी नवनिर्वाचित उपसभामुख चापागाईंले आज शपथ लिने

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार १०:१७

मकवानपुर । बागमती प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन् ।

उनलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका हुन् । उपसभामुख शपथको लागि बिहान साढे ११ बजेको समय तोकिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।

सोमबारको प्रदेशसभा बैठकबाट ६१ जना सांसदको समर्थनसहित प्रदेशको उपसभामुख पदमा निर्वाचित भएकी उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।