बागमती प्रदेश सभाको बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक प्रदेशको राजधानी हेटौंडास्थित प्रदेश सभा सचिवालयको कार्यालयमा केहीबेर अघिबाट सुरु भएको हो ।
दिउँसो १ बजेका लागि आहवान गरिएको प्रदेश सभा बैठक झण्डै १ घण्टा ढिला गरी सुरु भएको हो । बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयको कार्यसूचीमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, विकासका काम, आवश्यकता आदिका विषयमा आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यस्तै, बैठकमा प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । बैठकमा गत आर्थिक वर्षमा लोक सेवा आयोगले गरेका काम/कारबाही लगायतका विषयहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन पेश हुने जनाइएको छ ।