‘जंगली जनावरको आक्रमणबाट जनता त्रसित, सम्बन्धित निकायले ध्यान दिनुपर्छ’

मकवानपुर । नेकपा एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेश सभा सदस्य जगन्नाथ थपलियाले पछिल्लो समय जंगली जनावरको आक्रमणबाट जनता त्रसित भएको भन्दै त्यसको नियन्त्रणका लागि सम्बन्धी निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।
बिहीबार बसेको बागमती प्रदेश सभा बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयामा बोल्दै नेता थपलियाले पछिल्लो समयमा चितवन जिल्लाको विभिन्न स्थानमा गैडा र हात्तीलगायत विभिन्न जंगली जनावरको आक्रमणबाट जनता त्रसित भएको बताए ।
उनले वन्यजन्तु व्यवस्था र सुरक्षा निकायमा सम्बन्धित निकायले यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् । उनले भने, ‘पछिल्लो समयमा चितवन जिल्लाको विभिन्न स्थानमा गैडा र हात्तीलगायत विभिन्न जंगली जनावरको आक्रमणबाट जनता त्रसित छन् । वन्यजन्तु व्यवस्था र सुरक्षा निकायमा सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनुपर्छ ।’
साथै उनले गैडाको आक्रमणबाट मृत्यु भएको झुरझुरे निवासी ३६ वर्षीय राजकुमार विकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरे ।