समाचार

चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः खड्का

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको अध्यक्षमा पुनः कपिल खड्का चयन भएका छन् । संघको सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः खड्का चयन भएका हुन् । यस्तै, संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा चयन भएका छन् । यसैगरी, सह–सचिवमा...

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै आफ्नो मन्त्रिपरिषदमा ३ सदस्य नियुक्त गरेका छन् । नवनियुक्त ३ मन्त्रीले पनि पद तथा...

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन प्राप्त भएअनुसार, प्रदेशको मुख्यमन्त्री पदमा आज नियुक्त गरेका छन् । नेता जम्मकट्टेललाई सत्ता...

खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि आज सार्वजनिक

काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि आज सार्वजनिक भएको छ । २०६७ सालको विज्ञापनको नतिजा सार्वजनिक भएको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न सरकारले पहल थाल्यो

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ गोदाबारी  फ्याक्ट्री अगाडि आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहान ८ बजेर २० मिनेटको समयमा बिरगंजबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६९२ नम्वरको बसले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट जाँदै गरेको ना ६५...

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक एकसाथ बस्दै

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक सोमबार अपराह्न १ बजे एकैसाथ बस्ने भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको जानकारी दिए । आज संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको छ । सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

जनकपुरधाम । सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साइनबाट राजबिराज तर्फ जाँदै गरेको बा ८९ प...

बागमती प्रदेश : माओवादीका जम्मकट्टेलले मुख्यमन्त्रीको दावी पेस गर्दै

मकवानपुर । बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ४ बजेबाट सकिँदैछ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले दिएको समय सीमा सकिँदै गर्दा प्रदेशको मुख्यमन्त्रीका लागि दलहरुबीच सहमति भएको छ । केन्द्रीय तहमा भएको सहमति अनुसार, बागमतीको मुख्यमन्त्री नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम...