प्रधानमन्त्री प्रचण्डले आज मन्त्रीपरिषद् विस्तार गर्दै

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार ०८:१७
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार हुन लागेका हनु् ।

नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।