समाचार

बस्तिपुर जेसिज हाडिखोलाको अध्यक्षमा प्रेम गोङ्बा

मकवानपुर । बस्तिपुर जेसिज हाडिखोलाको वर्ष २०२३ को अध्यक्षमा प्रेम गाङ्बा चयन भएका छन् । शनिबार सम्पन्न १२ औं अधिवेशनबाट जेसीआई हाडिखोलाको अध्यक्षमा गोङ्बालाई सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, कार्यकारिणी उपाध्यक्षमा सन्तोष उप्रेती, कार्यकारिणी उपाध्यक्षमा शिवराज उप्रेती, सन्दीप पाठक, जेसी सुरज बर्तौला, राम गिरी, हरे हटुवाल चयन...

लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने २९ वर्षीय बिनोद सहनी र ४५ वर्षीय बुनि सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, बिहान ९...

आइतबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । शेयरबजारको आज पहिलो दिन नेप्से परिसूचक २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्दुरमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब...

टोखाबाट १० जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्कासहित १० जना रहेका छन् । उनीहरुलाई लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवातास...

आठौं हेटौंडा राष्ट्रिय भेट्रान्सको उपाधि एवीसी पोखराको हातमा

      हेटौंडामा शनिबार सम्पन्न भएको आठौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि एवीसी भेट्रान्स पोखराले हात पारेको छ । हेटौंडा ५, पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा बानेश्वर भेट्रान्स काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराको एबीसी टोलीले उपाधी हात पारेको हो । उपाधिसहित...

एमाले मकवानपुरले निर्वाचनको समिक्षा गर्ने

मकवानपुर । नेकपा एमाले मकवानपुरले निर्वाचनको विषय वडासम्म समिक्षा गर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं बैठकले गत मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामको पालिका कमिटी र जनसंगठनको जिल्लासम्म र पालिका कमिटीले वडा कमिटी र जनसंगठनको पालिका कमिटीको बैठक राखी समिक्षा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागि...

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज सकिँदै

विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्ड निकट स्रोतले बतायो ।...

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता

धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट रहेको प्रहरीले जनाएको छ । बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको प्रहरीले जानकारी दिए । खबर...

बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता २०७९ आजबाट सुरु हुँदैछ । आज दिउँसो हुने उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र ए डिभिजन लिगको टिम जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । माघ ३ गतेसम्म जारी रहने प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक बागमती गाउँपालिका...