राष्ट्रिय योग दिवसको अवसरमा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १७:१२

मकवानपुर । जिल्ला आयुरवेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको ओम बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरेको छ ।

आयुरवेद केन्द्र मकवानपुरले राष्ट्रिय योग दिवसका अवसरमा बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको हो । बृद्धाश्रममै आएर डाक्टरसहितको टोलीले स्वास्थ्य परिक्षण गरेको हो ।

केन्द्रका अध्यक्ष मधु बजगाईका अनुसार, बृद्धाश्रममा आश्रीत बृद्धबृद्धाहरुको सुगर, प्रसर, भिटामिन लगायतका समस्याका विषयमा परीक्षण गरेर निःशुल्क औषधि समेत वितरण गरिएको हो ।

स्वास्थ्य परिक्षण र औषधि वितरणको काममा डाक्टर ललिता पाण्डे, डाक्टर नितिस गिरी लगायतकाको टोली सहभागी रहेका थिए ।