पोखरा विमान दुर्घटना अपडेट : ६२ जनाको शव फेला

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १६:२९
file-photo

काठमाडौं । पोखरामा आज बिहान भएको विमान दुर्घटनास्थलबाट अपराह्न ४ बजेसम्म ६२ जनाको शव फेला परेको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार, दुर्घटनास्थलबाट ६२ जनाको शव फेला परेको हो ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले हाल खोज तथा उद्धार कार्य जारी राखेको छ ।

उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।

६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेर दुर्घटना भएको हो ।

२९ जनाको शव अस्पतालमा लगिएको छ । घटनास्थलमा आगो बलिरहेको र धुवाँ आइरहेका कारण उद्दारमा कठिनाई भइरहेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।