सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने सरकारको निर्णय

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १७:३२

काठमाडौं । सरकारले सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्वर १५ नयाँगाउँस्थित सेती नदीको खोचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परेर मृत्यु भएकाप्रति दुःख व्यक्र गर्दै सरकारले राष्ट्रि झण्डा आधार झुकाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार, राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बिहान ७२ जना सवार यति एयरलाइन्सको विमान अन्दाजी ११ः०० बजेको समयमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान बिहान १०ः ३२ मिनेटको समयमा काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको थियो ।

सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणासमेत गरेको छ ।