समाचार

राष्ट्रपति भण्डारी साझाको विद्युतीय बस चढेर पाटनढोका पुगिन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार दिउँसो शीतल निवासदेखि विद्युतीय बसमा पाटनढोकासम्म यात्रा गरेकी हुन् । हाकुपटासी लगाएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरे । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत...

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

काठमाडौं । मुलुकमा संघीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा समेटिएको क्षेत्रफल, पशुपक्षीको सङ्ख्या, सिँचाइ, कृषि सामग्रीको प्रयोग, माछापालनलगायत विवरण सङ्कलन, प्रशोधन तथा प्रकाशन गर्ने कार्य अन्तिम...

संसदीय गतिविधिहरूको कामलाई प्राथमिकतामा राख्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले पार्टी संसदीय दलको बैठक...

पार्टी एकताका लागि माओवादीद्वारा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न बामपन्थी दलरूसँगको एकताका लागि कार्यदल गठन गरेको छ । माओवादीले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् । शनिबार बिहान मात्र...

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु

नाइजेरिया । उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोको–बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको...

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ । भेटका क्रममा...

बलात्कार प्रयास गरेको आरोपमा २ जना प्रहरीको फन्दामा

रुपन्देही । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका–३ का ३० वर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ...

कपडा पसलमा आगलागी हुँदा ६० लाखको क्षति

धनगढी । कैलालीमा कपडा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ को २५ घर बजारमा स्थानीय लक्ष्मण चौधरीले संचालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार राति २ बजे...

विद्युत प्राधिकरण पालुङले काट्यो ५६ जना ग्राहकको लाईन

मकवानपुर । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता महशुल नबुझाउने ५६ ग्राहकको लाईन काटेको छ । लामो समयदेखि विद्युत महशुल नबुझाई बढि वक्यौता भएका ग्राहकको लाईन काटि पालुङ प्राधिकरणले वक्यौता उठाउन थालेको हो । वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीका अनुसार, पटक–पटक सूचना गर्दा पनि अटेर गरि वक्यौता नबुझाएका...

अमेरिकाबाट शंकास्पद पैसा ल्याउन खोज्ने शाहसहित ६ जना पक्राउ

काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको हो ।प्रहरीका अनुसार, उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। शाहले अमेरिकाबाट ल्याउन लागेको...