समाचार

बीओकेको सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जाने भएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते दुबै बैंकको कारोबार बन्द हुने भएको हो...

चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी–४ मुसहरी टोलका देवु सदा रहेका छन् । बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए । खुला ठाउँमा रहेको फुसको घरमा सुतेका...

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएको छ । बैठक संचालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार, बैठक बस्ने भएको हो । संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको छ । यस्तै, बैठकले...

१३ वर्षीया बालिकालाई करणीको आरोपमा युवक पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार राति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट...

मधेश प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान

जनकपुरधाम । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले यही २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा...

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले शुक्रबार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार, संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफल गर्न देउवाले बैठक बोलाएको हो । नेकपा...

ए डिभिजन लिगका १४ क्लबले गरे दर्ता

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् । त्यस्तै, १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५/१५ लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङ मस्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले बिहीबार र शुक्रबार फारम बुझाए । क्लबहरुले...

माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । आगामी माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका छन् । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था...

गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा भएको सुनुवाइ सकिएको हो । सुनवाइ सकिएसँगै आजै आदेश जारी गर्ने तयारी छ । लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ...

नेपाल फाइनान्सद्वारा वृद्धाआश्रमलाई न्यानो कपडा र खाद्यान्न सहयोग

मकवानपुर। नेपाल फाइनान्स लिमिटेडको ३० औं वार्षिक उत्सबको अवसरमा हेटौंडा शाखाले आज वृद्धाआश्रममा न्यानो कपडा र खाद्यान्न सहयोग गरेको छ । शाखाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन वृद्धाआश्रममा आश्रित ३२ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको हो । शाखा प्रमुख अविरल श्रेष्ठले आश्रममा २...