लुम्बिनीमा सभामुखको निर्वाचन माघ ३ मा

तु खबर संवाददाता
२०७९ पुष २९, शुक्रबार १३:२७

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।

प्रदेशसभा सचिवालयले माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ । माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको कार्यसूची प्रदेश सभा सचिवालयले प्रकाशित गरेको छ ।