आज सुनको भाउ बढ्यो

तु खबर संवाददाता
२०७९ पुष २९,शुक्रबार १२:२६
file-photo

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ अघिल्लो कारोबारको तुलनामा बढेको छ । आज सुन प्रतितोला रु ५०० ले बढेको हो । यससँगै शुक्रबार सुन प्रतितोला रु एक लाख ३ हजार ९ सय तोकिएको छ ।

उक्त सुन हिजो प्रतितोला रु एक लाख ३ हजार ४ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार, आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३ हजार ४ सय पुगेकामा अघिल्लो दिन रू एक लाख २ हजार ९ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटी रु एक हजार ३ सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।