समाचार

माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । आगामी माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका छन् । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था...

गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा भएको सुनुवाइ सकिएको हो । सुनवाइ सकिएसँगै आजै आदेश जारी गर्ने तयारी छ । लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ...

नेपाल फाइनान्सद्वारा वृद्धाआश्रमलाई न्यानो कपडा र खाद्यान्न सहयोग

मकवानपुर। नेपाल फाइनान्स लिमिटेडको ३० औं वार्षिक उत्सबको अवसरमा हेटौंडा शाखाले आज वृद्धाआश्रममा न्यानो कपडा र खाद्यान्न सहयोग गरेको छ । शाखाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन वृद्धाआश्रममा आश्रित ३२ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको हो । शाखा प्रमुख अविरल श्रेष्ठले आश्रममा २...

मकवानपुरमा सवारी दुर्घटनामा परेर १० जना घाइते (नामावलीसहित)

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानामा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परेर १० जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ बाघझोला र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कर्रा पुल नजिकै भएको दुर्घटनामा परेर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार साँझ...

मृतकको हातबाट ब्रास्लेट चोर्ने अस्पतालका गार्ड पक्राउ

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा प्रहरीले अस्पतालकै गार्डलाई पक्राउ गरेको छ । पुस १७ गते नारायणगढ–मुग्लिन सडकको केराबारीमा ना ५६ ख ३३१२ नम्वरको ट्रकको ठक्करबाट प्रदेश–०३–००३ प ६५७४ नम्वरको मोटरसाइकलका चालक घाइते भएका थिए । तनहुँको भानु नगरपालिका–२...

प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण परेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट मार्फत दर्घटनाप्रति दुःख व्यक्र गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका हुन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा...

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

काठमाडौं । कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले जानकारी दिए । बिहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो । बिहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुन बैठक बस्न...

सुस्मिता हत्या प्रकरण : पाँचै जना अभियुक्त दोषी ठहर

मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौंडाकी २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर गरेको छ । अदालतले चार दिनको निरन्तरको बहसपछि पुस २१ गते बिहीबार पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो । मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले मृतक सुस्मिताको सासु,...

पाँचौं बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन दिन आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले ए डिभिजन लिगको टोली जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सात ए डिभिजन लिग, एक विदेशी र दुई स्थानीय टोली गरी १० टोलीको सहभागिता...

बकैया–५ का २५० विद्यार्थीलाई न्यानो कपडा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ ले २५० जना विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा (स्वेटर) वितरण गरेको छ । वडाको बालबालिका लक्षित कार्यक्रम अन्तरगत वडाले विद्यार्थीहरुलाई विद्यालय पोशाक स्वेटर वितरण गरेको हो । बकैया–५ मा रहेको ४ वटा विद्यालयहरु कर्म प्राप्ती मावि, प्रभात मावि, गितावर निमावी र...