समाचार

दोहोरो अंकले बढ्यो शेयरबजार, ५ अर्ब ४ करोडमाथिको कारोबार

काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ...

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल बंगलादेश प्रस्थान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गरेका छन् । बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुन उनी त्यहाँ प्रस्थान गरेकी हुन् । पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पोखरेलसँगै एमालेका...

पुस २७ गते सार्वजनिक विदा

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक विदा दिएको छ । पुस १७ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । बैठकले पुस २७ मा एकीकरण दिवस मनाउने भन्दै सार्वजनिक विदा मनाउने निर्णय गरेको नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले जानकारी दिए । उनका अनुसार,...

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा । प्रहरीले बुधबार साँझ झापाबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ८०० मिलिग्राम ब्राउन सुगरसहित झापाको दमक नगरपालिका वडा नम्वर १ श्रीपाली चोकबाट एक युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ईलाम फाकफोकथुम गाउँपालिका–४ घर भई हाल सोही नगरपालिका वडा नम्वर १ कुमाल...

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

इन्धनको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रेस संयोजक शर्माका अनुसार, प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका...

प्रदेश प्रमुखद्वारा बागमतीमा मुख्यमन्त्री नियुक्तिका लागि आह्वान

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन् । आज एक विज्ञप्ती जारी गरी प्रदेश प्रमुख शर्माले पुस २५ गते दिउँसो ४ बजेभित्र मु्ख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको हो । बागमती...

बागमती प्रदेशसभा : सभामुख र उपसभामुखले के–के पाउँछन् सेवा सुविधा ?

मकवानपुर । बागमती प्रदेशसभामा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ११० जना प्रदेशसभा सदस्यहरु निर्वाचित भएका छन् । प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गरी ११० जना सदस्यहरु निर्वाचित भएका हुन् । उनीहरुले गत पुस १४ गते...

बागमती प्रदेश सरकारद्वारा लाइसेन्स ट्रायलको ७० अंक प्रणालीमा रोक

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायलको ७० अंक प्रणालीमा रोक लगाएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबारबाट लागू गर्ने अन्तिम चरणमा पुगेको लाइसेन्स ट्रायलको ७० अंक ल्याए उत्तिर्ण हुने प्रणालीमा रोक लगाएको हो । ट्रायल संचालकहरुले काठमाडौं उपत्यकामा लाइसेन्सका लागि ७० अंक प्रणाली...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीको पर्सा गाउँपालिकामा बुधबार साँझ भारतीय नम्वर प्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बीआर ०१ बी ५९१७...