मकवानपुरका दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार ०८:४०
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने ६० वर्षीय डिल बहादुर चेपाङ र १९ वर्षीय प्रकाश चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीहरुलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्या्ङस्थित पुर्ब–पश्चिम सडकखण्डबाट पक्राउ गरिएको हो ।

बुधबार बिहान साढे ९ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ९५३ नम्वरको बसलाई चेकजाच गर्ने क्रममा उक्त बसमा सवार डिल बहादुर चेपाङले बोकेको झोलाबाट ५ किलो ७०० ग्राम गाँजा र प्रकाश चेपाङले बोकेको झोलाबाट १ किलो ३०० ग्राम गाँजा बरामद भएपछि दुबै जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।