भीमफेदीको ५ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार १०:१५

मकवानपुर । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले जिल्लाको भीमफेदी गाउँपालिकाका विभिन्न ५ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

संघले बुधबार एकैदिन ५ वटा विद्यालयका २५० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको हो । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष नेत्रप्रसाद खतिवडाको नेतृत्वमा व्यवसायीको एक समूहले बुधबार ५ वटै विद्यालय पुगेर न्यानो कपडा वितरण गरेको हो ।

१ लाख १० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको संघले एक विपन्न परिवारलाई सिरक, डसना समेत हस्तान्तरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।

अध्यक्ष खतिवडाका अनुसार, भीमफेदी गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालय, भीमफेदी–२ स्थित पोखरी आधारभूत विद्यालय, भीमफेदी–९ स्थित पदमज्योति आधारभूत विद्यालय र नमूना आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।