लुम्बिनीका मुख्यमन्त्री गिरीले आज शपथ लिँदै

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार ०८:५२
file-photo

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने भएका हुन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ती, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन रहेको छ ।

शपथ ग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ ।