राष्ट्रिय सभा उप–निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदै

काठमाडौं । आगामी माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप– निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै छ ।
उक्त निर्वाचनको लागि बुधबारसम्म दुई वटा दलले मात्रै निवेदन दिएको निर्वाच्न आयोगले जनाएको छ । आयोगका अनुसार, दल दर्ता गर्नेमा नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टी रहेको छ ।
लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–निर्वाचन हुने भएको छ ।
लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो ।
आयोगले गएको पुस २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो ।