समाचार

बागमती प्रदेशसभा : सभामुख र उपसभामुखले के–के पाउँछन् सेवा सुविधा ?

मकवानपुर । बागमती प्रदेशसभामा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ११० जना प्रदेशसभा सदस्यहरु निर्वाचित भएका छन् । प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गरी ११० जना सदस्यहरु निर्वाचित भएका हुन् । उनीहरुले गत पुस १४ गते...

बागमती प्रदेश सरकारद्वारा लाइसेन्स ट्रायलको ७० अंक प्रणालीमा रोक

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायलको ७० अंक प्रणालीमा रोक लगाएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबारबाट लागू गर्ने अन्तिम चरणमा पुगेको लाइसेन्स ट्रायलको ७० अंक ल्याए उत्तिर्ण हुने प्रणालीमा रोक लगाएको हो । ट्रायल संचालकहरुले काठमाडौं उपत्यकामा लाइसेन्सका लागि ७० अंक प्रणाली...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीको पर्सा गाउँपालिकामा बुधबार साँझ भारतीय नम्वर प्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बीआर ०१ बी ५९१७...

कोरोनाबाट ज्यान गुमाएकाको संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइर (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् । चीनमा पछिल्लो समय...

सोलिड्यारिटीले ३० औं स्थापना दिवस मनायो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सोलिड्यारिटी इन्टरनेश्नल एकेडेमीले ३० औं स्थापना दिवस मनाएको छ । एकेडेमीले “समय सापेक्ष शिक्षा, सोलिड्यारिटीको प्रतिबद्वता” भन्ने मूल नारासहित बुधबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास...

हेटौंडामा सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने

मकवानपुर । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई÷तावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछारको अवसरमा हेटौंडामा सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौंडामा सोना ल्होछार साँस्कृतिक...

आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

सिरहा । आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा प्रहरीले उनकै बुहारीलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेका छन् । चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...

सरकारको न्यूनमत साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी

काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई...

यस्तो रहनेछ आजको मौसम

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ । यस्तै, आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने प्रदेश–१ को हिमाली भू–भागका...

बागमती गोल्डकपको तयारी तीब्र

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको तयारी तीब्र गतिमा भइरहेको छ । यहि पौष २४ गतेदेखि हुने प्रतियोगिता बागमती गाउँपालिका–८ को जनता उच्च माविको खेलमैदान हुनेछ । प्रतियोगिताको लागि अहिले खेलमैदान सजाउँने काम धमाधम भईरहेको बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी...