समाचार
कांग्रेस संसदीय दलको बैठक पुस २३ मा बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यही पुस २३ गते बस्ने भएको छ । प्रतिनिधि सभाको अधिवेशन पुस २५ मा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी...
खेतमा महिलाको शव फेला
जनकपुरधाम । धनुषामा एक भारतीय महिलाको शव फेला परेको छ । जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको हो । उनको सनाखत हुन सकेको...
हत्याको आरोपमा तीन जना पक्राउ
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । दासको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा र ज्वाईँसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादव...
जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ...
बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते
चितवन । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले टोक्दा उनीहरु घाइते भएका हुन् । सोही गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा...
लडेर एक जना महिलाको मृत्यु
जुम्ला । जुम्लामा लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–६ घोडेगाउँकी ३० वर्षीय रामपुरा रोकायाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न तिर गएको अवस्थामा लडेर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार...
प्रधानमन्त्रीले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई बिहान ११सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव दिपेश पुनले जनाएको छ । अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न...
नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरकफरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा...
विभिन्न ३ वटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकले विभिन्न ३ वटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रस्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जसपाका मूलभूत सिद्धान्तहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र...
आगोले जलेर दुई जनाको मृत्यु
पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी...







