समाचार
पर्यटन प्रर्बद्धनका लागि कैलाशको बैकुण्ठमा ल्होसार मनाइने
मकवानपुर । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले ल्होसार मेला आयोजना गरिने भएको छ । कैलाश गाउँपालिका वडा नम्वर २ मा रहेको बैकुण्ठमा माघ ८ गते ल्होसार पर्व मनाउन विनोद मुक्तानको संयोजकत्वमा ल्होसार संयोजन समिति निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र घिसिङले...
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दलले गरे संसदीय दलको नेता चयन
मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटा दलमध्ये ६ वटा दलले संसदीय दलको नेता चयन गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एकिकृत समाजवादी पार्टी बाहेक अन्य ६ वटा दलले आफ्नो दलको नेता चयन गरिसकेको छ । बागमती प्रदेशको ठुलो दल नेपाली कांग्रेसले निर्वाचन मार्फत संसदीय दलको नेता...
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, उपनिर्वाचनबारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले माघ २४ गतेका लागि उपनिर्वाचनको मिति प्रस्ताव गरेको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रिय...
चरेशसहित एक जना भारतीय नागरिक पक्राउ
बारा । सशस्त्र प्रहरीले दुई किलो चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनलाई बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।...
एमालेले आफ्ना सांसदहरुलाई २ दिने प्रशिक्षण दिँदै
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । एमालेले पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको...
आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरद्वारा संचारकर्मीहरुसँग अन्तरक्रिया
मकवानपुर । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले मंगलबार हेटौंडामा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको उक्त आयुर्वेद स्वास्थ्य केन्द्रले सेवाको प्रवर्धनका विषयमा संचारकर्मीहरु अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा केन्द्रका प्रमुख तथा आयुरर्वेद चिकित्सक ललिता पाण्डेले यस केन्द्रमा धेरै खालका उपचार...
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार मोरङबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिक रहेका छन् । बिकलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती बालिकालाई आइतबार राति...
प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने कार्यसूची तय भएको छ । राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।









