भरतपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
भरतपुर– २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रमे आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् भने उनको श्रीमती शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
