दोहोरो अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ पुष २६,मंगलवार १६:३५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । केही दिनदेखि हरियाली छाएको नेप्से सूचक आज २१.३५ अंकले घटेर २१९० विन्दुमा पुगेर रोकिएको छ ।

नेप्से घटेपनि आज अघिल्लो दिन शेयरबजारमा उछाल आएकाले लगानीकर्ताहरुले नाफा बुक गर्दा ७ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्स परिसूचक ४६.७६ अंकले बढेर २२११ को विन्दुमा पुगेको थियो भने नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै ङादी ग्रुपा पावरको २१ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, अपि पावरको २० करोड ६७ लाख, रिडी हाइड्रोपावरको १८ करोड १५ लाख, एनआइसी एशिया बैंकको १६ करोड ७२ लाख र शिवम् सिमेन्ट्सको १६ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।