बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले मंगलबार बिहान शपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेललाई प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।
जम्कट्टेल नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोमबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट धादिङ प्रतिनिधिसभा क्षेत्र १ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।
