अवैध रूपमा संचालित ७३७ क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द

तु खबर संवाददाता
२०७९ पुष २६,मंगलवार १६:४२

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा संचालित ७३७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार व्यवसायिक प्रयोजन राखेर संचालित ७३७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलका अनुसार, दर्ता नभई संचालनमा आएका क्रसर तथा बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको हो ।

प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन् । व्यसायिक प्रयोजनमा संचालित त्यस्ता उद्योग नवीकरण प्रक्रियामा रहेको बताइएको छ ।

दर्ता र नवीकरणसहित व्यवसायिक प्रयोजनमा देशभर ७ सय ३४ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको पाइएको छ । विकास आयोजनाहरूले दर्ता र नवीकरण गरेर १०८ वटा त्यस्ता उद्योग संचालन गरेको भेटिएको छ ।