समाचार

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ४४ प २४२२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार...

कृषि मन्त्री हुमागाईंको १३ महिना : पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमको सुरुवात

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री हुमागाईले आफ्नो कार्यकालको १३ महिनाको अवधिमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै नयाँ कार्यक्रम...

हेटौंडामा प्रादेशिक प्रहरी अस्पताल निर्माणको लागि जग्गा प्राप्त

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रादेशिक प्रहरी अस्पताल तथा विधिविज्ञान प्रयोगशाला निर्माण गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियामा २५ सैय्याको अस्पताल निर्माण गर्ने भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशमा कार्यरत प्रहरी...

बागमती प्रदेश सरकारद्वारा पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा, मकवानपुरको कैलाश

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ स्थानीय तहमध्ये मानव सूचकाङ्कका दृष्टिले सबैभन्दा पछाडि भएका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकिएको हो । पिछडिएको क्षेत्र तोकेका पालिकामा धादिङको रुवीभ्याली गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुलीको घ्याङखोला गाउँपालिका,...

बागमती प्रदेशसभा : सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुख चयनका लागि मिति घोषणा गरेसँगै निर्वाचन कार्यतालिक सार्वजनिक गरेको हो । बैठकले सभामुख चयनको लागि यही पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने घोषणा गरेको थियो ।...

पेलेको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदैछ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको...

बकैयाको किसानहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण

मकवानपुर । बकैया गाउँपालिकाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण दिइएको छ । बाग्मती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा थुनोलो रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । दूग्ध उत्पादक कृषकहरुसहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाई भैंसीमा लाग्ने थुनेलो रोग भएको...

प्रदर्शनमा संलग्न भएको आरोपमा दुई किशोरलाई फाँसी

इरान । इस्लामिक गणतन्त्रलाई महिनौँदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको छ । विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि ती दुई किशोरीलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ । महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका...

नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्ने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक यहपुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार, काठमाडौंमा...

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

काठमाडौं । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री...