निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

तु खबर संवाददाता
२०७९ पुष २५,सोमबार १८:०१

काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यक्रम अनुसार, आगामी माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दावी विरोध लगायतका प्रकृया पूरा गरी १० गते अन्तिम नामावली प्रकाशन गर्ने तय भएको छ ।

यस्तै ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरी दावी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने र १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, माघ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम तय भएको बताउँदै आयोगले माघ २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।