सोमबार ४६ अंकले बढ्यो शेयरबजार, १ करोड ४६ लाखमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको दोसो दिन अर्थात सोमबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्स परिसूचक ४६.७६ अंकले बढेर २२११ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
शेयरबजारमा एकाएक सुधार देखिएसँगै कारोबार रकम समेत बढ्न थालेको छ । यसअघि आइतबार नेप्से परिसूचक २०.५५ अंकले बढेर २१६४ को विन्दुरमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज होटल तथा पर्यटन इन्डेक्सबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।