समाचार
गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागूऔषध कारोबारमा सोमबार ३ वर्ष ६ महिना कैद सजाय र रु ५० हजार जरिवानाको फैसला भएको छ । घर्तीलाई लागूऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा.दिवाकर भट्टको इजलासलेउक्त फैसला गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीका अनुसार,...
स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश
काठमाडौं । रौतहट–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । साह सोमबार साँझ पार्टी प्रवेश गरेका हुन् । उनलाई बालकोटमा एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले साहलाई...
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र...
वंशगोपाल सहकारीले मनायो १५ औं स्थापना दिवस
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवस मनाएको छ । सहकारीले सोमबार एक कार्यक्रमको आयोजना गरी १५ औं स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाले सहकारीले अहिलेसम्म ईमान्दारीतापूर्वक आफ्नो...
सहिद स्मृति गोल्डकपको आय–व्याय सार्वजनिक
मकवानपुर । स्थानीय तह सहिद स्मृति गोल्डकप–२०७९ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले गत जेठ महिनामा आयोजना गरेको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकपको आय–व्याय सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल प्रतियोगिताबाट २१...
रास्वपा मकवानपुरका सभापति न्यौपानेलाई पार्टीको कुनै पनि काम गर्न निर्देशन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति राजकुमार न्यौपानलाई पार्टीको कुुनै पनि काम नगर्न निर्देशन दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आइतबार न्यौपानेलाई निर्देशनात्मक पत्र लेखेर पार्टीको जिल्ला सभापतिको रुपमा कुनै काम नगर्न निर्देशन दिएको हो । गत मंसिर ४...
गृह मन्त्रालयको सभाहलमा आपतकालीन द्वार राख्न निर्देशन
।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले सो कुराको निर्देशन दिएका हुन् । उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सभाकक्षमा...
विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा भण्डारी पक्राउ
काठमाडौं । कतार पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० सुगमटोल स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा नगरपालिका–१६ बस्ने ३२ वर्षीय हेमसागर भण्डारी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट...
सोमबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
मोलुङ हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (पुस १९) गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले...










