समाचार
महिलालाई नेतृत्व तहमा पुर्याउन तीन दिने तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ का महिलाहरुलाई हरेक क्षेत्रका नेतृत्व तहमा पुर्याउनका लागि दिइएको तीन दिने तालिम सम्पन्न भएको छ । हेटौंडा–२ वडा समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा हेटौंडा–२ का २० वडा टोल विकास संस्थाका अध्यक्ष,...
राक्सिराङका २०१ घर विपन्न चेपाङलाई कम्बल
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ का २०१ घर विपन्न चेपाङ परिवारलाई आइतबार कम्बल वितरण गरेको छ । सञ्जय साई सेवा अर्गनाइजेशन काठमाडौंले राक्सिराङ गाउँपालिकासँगको समन्वयमा जाडो मौसममा ओड्नेको अभावमा चिसोमा रात काट्न बाध्य चेपाङ समुदायलाई राहत होस् भनि प्रति परिवार एउटा कम्बल वितरण गरेको जनाएको छ...
जसपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसप) को राजनीतिक समितिको बैठक आजदेखि सुरु हुने भएको छ । सोमबार र मंगलबार दुई दिनसम्म संचालन हुने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन् । जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले...
आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था रहेको छ । सोमबार प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक...
तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई राजस्व संहलनकोृ लक्ष्य हासिल गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले राजस्वको...
गृहमन्त्रीद्वारा सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको बैठक आह्वान
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको भर्चुअल बैठक आह्वान गरेका छन् । बैठक आज बिहान ९ बजे बस्ने गरी बोलाइएको गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए । उनका अनुसार, बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र...
नाबालिग बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बारा । बाराको निजगढ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक एक नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, वडाध्यक्ष श्रेष्ठमाथि एक नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणीको आरोपमा गत २०७९...
सरकारमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
काठमाडौं । सरकारमा सहभागिताबारे निर्णय गर्न आज नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन...
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको ११ औं अधिवेशन बैठक आज बस्दैछ । बैठक दिनको १ बजे बस्ने गरी बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाको बैठकमा...
हेटौंडाबाट हराएको स्कुटर र मोटरसाइकल सम्बन्धित धनीलाई बुझाईयो
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएको मोटरसाइकल र स्कुटर फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको छ । पुस ११ गते हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित स्वस्तिक होटल अगाडि पार्किङ गरी राखेको प्रकाश गौतमको हराएको बा.प्र.०३–००४ प ९४६७ नम्वरको स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...










