जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

तु खबर संवाददाता
२०७९ पुष २४, आईतवार १६:३१
file-photo

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताएका हुन् ।

भेटको क्रममा उनले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौं । त्यसमा कुनै समस्या छैन । हामीले मात्रै होइन अरु दलले समेत विश्वासको मत दिन्छन् ।’

प्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषयहरु आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताए ।