ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का

तु खबर संवाददाता
२०७९ पुष २४,आईतवार १६:१७

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट भोलि पुस २५ गतेदेखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।

सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार पुस २५ गतेदेखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।