आठौं हेटौंडा राष्ट्रिय भेट्रान्सको उपाधि एवीसी पोखराको हातमा

हेटौंडामा शनिबार सम्पन्न भएको आठौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि एवीसी भेट्रान्स पोखराले हात पारेको छ ।
हेटौंडा ५, पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा बानेश्वर भेट्रान्स काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराको एबीसी टोलीले उपाधी हात पारेको हो ।
उपाधिसहित पोखराले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेता बानेश्वर भेट्रान्सले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन् । खेलको म्यान अफ द म्याच एवीसीका तेज बहादुर गलानी थापा भएका थिए ।
प्रतियोगितामा पोखराका राजकुमार घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, उत्कृष्ट फरवार्ड बानेश्वरका युवराज भुजेल, उत्कृष्ट मिल्ड फिल्डर एवीसीका विजय गुरुङ, उत्कृष्ट डिफेन्डरमा एवीसीका कन्या सुब्बा गुरुङ, उत्कृष्ट गोल किपरमा एवीसीका खीमबहादुर गुरुङ, र वेस्ट कोचमा एबीसीका खेम बहादुर गुरुङ भएका छन् ।
विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले पुरस्कार प्रदान गरेका थिए । पुस १९ गतेबाट सुरु भएको प्रतियोगितामा १७ वटा टोलीले सहभागी जनाएको थियो ।