समाचार

आज नेप्से १७ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेप्से परिसूचक बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर २०४९.२९ अंकको विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा...

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पोखरामा आयोजित एक समारोहबीच प्रधानमन्त्री दाहालले विमानस्थलको उद्घाटन गरेका हुन् । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको जनाइएको छ ।...

हेटौंडा डान्सबारमा मासपे गरी कुटपिट गर्दा तीन जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थितमा रहेको हेटौंडा डान्सबारमा मापसे गरी कुटपिट गर्दा तीन जना घाइते भएका छन् । शनिबार अन्दाजी १ः०० बजेको समयमा स्थानीय बस्ने ३७ वर्षीय बिक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय बिष्णुलाल योन्जन, ३१ वर्षीय निमा योन्जन र हेटौंडा–१ बस्ने ४० वर्षीय...

मकवानपुरमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । त्रिभुवन राजपथ सडकखण्ड अन्रतगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेस्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ९ः५० बजेको समयमा भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिकै हेटौंडाबाट दामतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्वरको पिकअप गाडी आफै अनियन्त्रित...

बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको ११ औं अधिवेशन बैठक भोलि पुस १८ गते बस्दैछ । बैठक दिनको १ बजे बस्ने गरी बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका...

दुर्घटनामा परेर हेटौंडाका दुई जना घाइते

मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ क्याम्पाडाँडास्थित शनिबार साँझ सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय जय महत र २० वर्षीय रुपेश घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...

पूर्व सञ्चारमन्त्री श्रीष शमशेर जबराको निधन

काठमाडौं । पूर्व सूचना तथा सञ्चार मन्त्री श्रीष शमशेर जबराको निधन भएको छ । जबराको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा शनिबार निधन भएको हो । ७० वर्षीय जबरा क्यान्सर रोगबाट पीडित थिए । उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन्...

प्रदेश १ को प्रदेशसभा बैठक आज

काडमाडौं । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै, प्रदेश सभा...

एकीकृत समाजवादीको स्थायी समिति आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समितिको बैठक आज पनि बस्दैछ । यसअघि शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले पुनः आज बैठक बस्न लागेको हो । शनिबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका...

मकवानपुरमा ७० वटा मानव अधिकार उल्लङ्घनका घटना

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ७० वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्मको अवधिमा मकवानपुरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० वटा घटना भएको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ । इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, राज्यपक्षबाट ७ जना...