संसदीय गतिविधिहरूको कामलाई प्राथमिकतामा राख्न ओलीको निर्देशन

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार १६:३४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरू केन्द्रित हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले सांसदहरूले समय सीमालाई हेक्का राखेर अघि बढ्नुपर्ने समेत बताए ।