समाचार

यो कार्यकाल भाषण कम, काम धेरै गर्नेछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यो कार्यकालमा आफूले भाषणभन्दा बढी काम गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने, ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले...

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ बैशाखाबाट कटुवा पेस्तोल १ थान र गोली ७ राउण्डसहित प्रहरीले शनिबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत लखिमपुर थाना मितौली ग्राम मितौली पोष्ठ बस्ने ३१ वर्षीय राजु ईद्रीसी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उक्त...

माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

धनगढी । कैलालीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–६ बनबेहडामा पूर्व–पश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र ०२००१ ज ४०६ नम्वरको माइक्रो बस दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर लम्कीचुहा नगरपालिका–१ का कर्मा...

बागमती गोल्डकपको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने

मकवानपुर । बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरले आयोजना गर्ने उक्त प्रतियोगितामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । प्रतियोगिता बागमती–८, फापरबारीस्थित जनता माविको मैदानमा हुने यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म...

यस साता प्रतितोला ११०० ले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस सातामा सुन प्रतितोला ११०० रुपैयाँले बढेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता प्रतितोला ११ सय रुपैयाँले सुनको भाउ बण्ेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, यो साताको...

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

काठमाडौं । गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । उनका अनुसार, सूचना प्रविधिमा ज्ञान भएका...

त्रिविमा आइतबारदेखि हिउँदे विदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जाडो बढेसँगै आइतबारबाट हिउँदे विदा दिने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे विदा दिन लागेको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे विदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क...

जिप दुर्घटनामा परेर एक जनाको मृत्यु, २ घाइते

बुटवल । बुटवलको अस्पताल लाईनमा शुक्रबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका...

नागस्वती भेट्रान्सद्वारा आय-व्यय सार्वजनिक

मकवानपुर । हेटौंडा–७ नागस्वती खेल मैदानमा गत भाद्र १८ गते देखी २२ गतेसम्म संचालन भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आय-व्यय शुक्रबार सार्वजनिक गरिएको छ । क्लबले शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आय-व्यय सार्वजनिक गरेको हो । सम्मेलनमा क्लबका सचिव प्रदीप गौतमले...

लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

कैलाली । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ४ सय १० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ फुलवारी बस्ने २५ वर्षीय प्रताप ओखेडा र २५ वर्षीय मनोज बिक रहेका छन् । अस्थायी...