समाचार
हेटौंडा–२ का महिलालाई नेतृत्व तहमा पुर्याउन तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ का महिलाहरुलाई हरेक क्षेत्रका नेतृत्व तहमा पुर्याउनका लागि तालिम दिन सुरु गरिएको छ । हेटौंडा–२ वडा समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तीन दिने तालिम शुक्रबारबाट सुरु गरिएको हो । हेटौंडा–२ का २० वडा टोल विकास संस्थाका अध्यक्ष, सचिव र वडा समन्वय...
उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ३ वटा ब्यालेस्टिक मिसाइल प्रहार
काठमाडौं । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल छोटो दूरीका हुन् । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ः०० बजे, दोस्रो ८ः१४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ । तीनवटै मिसाइल राजधानी प्योङयाङको...
सरकारमा सहभागिताको बारेमा टुंगो लगाउन एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिती बैठक आज बस्दैछ । सरकारमा सहभागिताको बारेमा टुङ्गो लगाउन समाजवादीको बैठक बस्न लागेको हो । बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा...
माओवादी बागमती प्रदेशको बैठक आज पनि बस्दै
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक आज पनि बस्दैछ । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुनः आजको लागि बोलाइएको हो । बैठक दिउँसो १ बजे पुनः पेरिसडाँडामा बैठक बस्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल...
नीलगाई मार्ने तीन जना पक्राउ
काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरका ३२ वर्षीय जमिलअहमद चौधरी मुसलमान,...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं । आज पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईँदै छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाउने भएको...
मगर बौध सेवा समाजको आयोजनमा वापा/मापा तालिम सुरु
मकवानपुर । नेपाल मगर बौध सेवा समाज मकवानपुरको छैठौं वार्षिक भेला तथा वापा÷मापा तालिम उद्घाटन कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । हेटौंडा–१२ स्थित लखन बाटिकामा सुरु भएको तालिम पुस २१ गतेसम्म सञ्चालन हुनेछ । २० जना बढी प्रशिक्षार्थी सहभागि तालिमको प्रशिक्षक धनिराम राना मगर र कृष्ण बहादुर काउछा मगरले...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको अवस्था छ । शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि...
दुर्घटनामा परेर मकवानपुरका १० वर्षीय बालक घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेमा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना बालक घाइते भएका छन् । दिउँसो साढे ३ बजेको समयमा हेटौंडा तर्फबाट चितवनतर्फ जाँदै गरेको बीआर ०१ एफभी २८१९ नम्वरको भारतीय कारले ठक्कर दिँदा पैदलयात्री स्थानीय सानु परियारको छोरा...
बुस्टर खोपका लागि सरकारद्वारा ‘गाभी’ लाई पत्र
काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरस (काभिड–१९) संक्रमणको जोखिम बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई पत्र लेखेको स्वास्थ्य सेवा विभागको परिवार...










