ए डिभिजन लिगका १४ क्लबले गरे दर्ता

तु खबर संवाददाता
२०७९ पुष २२,शुक्रबार १६:०६

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् ।

त्यस्तै, १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५/१५ लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङ मस्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले बिहीबार र शुक्रबार फारम बुझाए । क्लबहरुले तयारीको पहिलो किस्ताको रकम समेत संकलन गरेका छन् ।

चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटीं) र नेपाल पुलिस क्लबले प्रवेश फारम बुझाएका थिए ।

बुधबार सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मार्च ३ बाट सुरु हुँदैछ । प्रतियोगिताको टाई सिट जनवरी १६ मा हुनेछ ।