प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण परेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट मार्फत दर्घटनाप्रति दुःख व्यक्र गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका हुन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
