माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय
काठमाडौं । आगामी माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका छन् ।
शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार, आगामी माघ ९ गतेभित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको उनले बताए ।
