समाचार

राप्रपा नेपालको बैठक माघ ९ र १० गतेका लागि आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी माघ ९ र १० गते बस्ने गरी आह्वान गरिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । प्रवक्ता आचार्यका अनुसार, बैठकमा आम निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ । काठमाडौंमा बस्ने बैठकले पार्टीको...

एक सातामा १६१ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार

काठमाडौं । शेयरबजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बढेर २०३० को हारहारीमा पुगर रोकिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन...

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए । निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री...

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले लिए पद तथा गोपनीताको शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेशसभा भवनमा आयोजित एक समारोहबीच अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले उनीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथ...

नारायणी सहकारी हेटौंडाद्वारा वार्षिकोत्सवमा सम्मान कार्यक्रम

मकवानपुर । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले नवनिर्वाचित सांसदहरु, पत्रकार, असल बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेको छ । सहकारीले शुक्रबार आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ र समानुपातिक प्रदेश सांसद लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओडाएर बधाई...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्‍घाटन आइतबार

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको उद्‍घाटन गरिने भएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, उक्त विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका हुन्...

दक्षिण कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

मकवानपुर । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो । अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रूपैयाँ बृद्धि...

मधेश प्रदेशसभाका सदस्यद्वारा शपथ ग्रहण

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ नवनिर्वाचित सदस्यहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सदस्य छन् । माओवादी...

प्रधानमन्त्री प्रचण्डलाई मोदीको लिखित बधाई पत्र हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई पत्र पठाएका छन् । शुक्रबार प्रचण्डसँग नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरी भारतीय प्रधानमन्त्री मोदीले पठाएको बधाई पत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपाल र भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको...

अश्लिल भिडियो पठाएर पैसा मागेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक संजाल टेलिग्राममा नाबालिगको अश्लील भिडियो पठाएर पैसा मागेको आरोपमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–७ घर भएर काठमाडौंको बुढानिलकण्ठ बस्ने रोजित आले मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, १८ वर्षीय रोजितलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको हो । आरोपीले...