हेटौंडामा आजबाट शैक्षिक सामग्री निर्माण तथा प्रयोग प्रशिक्षण सुरु
मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट बालकक्षा सहयोगी शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा प्रयोग प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
प्रशक्षिण हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा तीन दिने प्रशिक्षण आजबाट सुरु भएको हो ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा भएको प्रशिक्षण कार्यक्रम शैक्षिक सुधार समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्ष तथा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा ४ नम्वर वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका २० जना शिक्षकहरुको सहभागीता रहेको छ ।
