बकैया–५ का २५० विद्यार्थीलाई न्यानो कपडा

तु खबर संवाददाता
२०७९ पुष २२,शुक्रबार ०८:३३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ ले २५० जना विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा (स्वेटर) वितरण गरेको छ । वडाको बालबालिका लक्षित कार्यक्रम अन्तरगत वडाले विद्यार्थीहरुलाई विद्यालय पोशाक स्वेटर वितरण गरेको हो ।

बकैया–५ मा रहेको ४ वटा विद्यालयहरु कर्म प्राप्ती मावि, प्रभात मावि, गितावर निमावी र किसान जागरुक सिद्धार्थ प्राविको इसिडि र नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वेटर) वितरण गरिएको हो ।

वडा नं.५ की वडाध्यक्ष लक्ष्मी जिम्बा, वडा सचिव देवराज लामिछाने, कार्यपालिका सदस्य लक्ष्मी माझी कृपा, वडा सदस्यहरु छलिमाया घिसिङ, ज्ञानुमाया सुनुवार, अमृत थिङ, सोमवहादुर माझी लगायतकाले संयुक्त रुपमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।